खोपसम्बन्धी स्वास्थ्य तथा सुरक्षा

निम्नलिखित जानकारी यो वेबसाइटका लागि क्यानेडाली सरकार र अन्य वैज्ञानिक र चिकित्सा स्रोतहरूको उपयोग गरी चिकित्सा पेशेवर तथा सार्वजनिक स्वास्थ्यका विशेषज्ञहरूद्वारा विकास गरिएको हो। यस जानकारीको मनसाय चिकित्सा सल्लाह दिने होइन। कोभिड-१९ को खोपका सम्बन्धमा तपाईंसँग कुनै पनि प्रश्न भएमा सधैँ योग्य स्वास्थ्य स्याहार प्रदायकबाट सल्लाह लिनुहोस्।

तपाईं आफ्नो क्षेत्रमा कोभिड-१९ को खोप लगाउन योग्य हुनुहुन्छ वा हुनु हुन्न भन्ने कुरामा तपाईं चिन्तित हुनुहुन्छ भने वा कोभिड-१९ को खोप लगाउनको लागि अपोइन्टमेन्ट बुक गर्न चाहनु हुन्छ भने, तपाईं बसेको क्षेत्रमा अद्यावधिक जानकारी र खोप लगाउनका निम्ति समय मिलाउने विकल्पहरू खोज्न, तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस्।

ब्रिटिश कोलम्बिया
अल्बर्टा
सस्क्याचेवान
मनिटोबा
ओन्टारियो
क्युबेक
न्यू ब्रुन्सुइक
नोभा स्कोटिया
न्यूफाउण्डल्याण्ड एण्ड लेब्राडर
प्रिन्स एडवर्ड आइल्याण्ड
उत्तर पश्चिमी क्षेत्रहरू
नुनाभुट
युकोन

क्यानडामा उपयोग गर्नका लागि स्वीकृत कोभिड-१९ का खोपहरूमा अण्डा, गेलाटिन, सुँगुरको मासु, गाइको मासु, भ्रूणका उत्पादन, पारो, फर्मलडिहाइड, आल्मुनियम, थाइमरोसल वा ल्याटेक्स र आहारीय वा धार्मिक कारणहरूका लागि प्रतिबन्धित हुने खालका कुनै सामग्री समावेश छैनन्।
प्रत्येक खोपमा रहेका तत्वहरूका पूर्ण सूची यहाँ हेर्न सकिन्छ :

Pfizer-BioNTech: https://www.canada.ca/en/health-canada/services/drugs-health-products/covid19-industry/drugs-vaccines-treatments/vaccines/pfizer-biontech.html

Moderna: https://www.canada.ca/en/health-canada/services/drugs-health-products/covid19-industry/drugs-vaccines-treatments/vaccines/moderna.html

AstraZeneca: https://www.canada.ca/en/health-canada/services/drugs-health-products/covid19-industry/drugs-vaccines-treatments/vaccines/astrazeneca.html

Johnson & Johnson: https://www.canada.ca/en/health-canada/services/drugs-health-products/covid19-industry/drugs-vaccines-treatments/vaccines/janssen.html

होइन, कुनै चरण नछोडिकन सुरक्षाका सबै प्रक्रियाहरू अनुसरण गरिएको छ। प्रविधि उन्नत भएकाले र स्वीकृतिका गैर-चिकित्सकीय भागहरू (कर्मचारीतान्त्रिक प्रक्रियाहरू र रबर-स्ट्याम्पिङ) द्रुत गरिएको कारण खोपहरू द्रुत रूपमा विकास गरिएको हो।

पार्दैन। खोपमा प्रयोग गरिएको प्रोटिन कहिल्यै पनि तपाईंको DNA सँग अन्तरक्रिया गर्दैन वा त्यसलाई परिवर्तन गर्दैन। भविष्यमा तपाईंलाई कहिल्यै कोभिड-१९ भाइरसको सम्पर्क भयो भने, त्यसको लागि यसले शरीरलाई एन्टिबडीहरू बनाउने सीप सिकाउँछ अनि स्वयं खोप लगाएको केही घण्टामा प्राकृतिक रूपमा नष्ट हुन्छ।

हेल्थ क्यानडा (Health Canada) ले 12 वर्ष र त्यसभन्दा अधिक उमेरका नानीहरूका लागि Pfizer-BioNTech को खोपलाई स्वीकृति दिएको छ।

हेल्थ क्यानडा (Health Canada) ले 18 वर्ष र त्यसभन्दा अधिक उमेरका व्यक्तिहरूका लागि Moderna, AstraZeneca र Johnson & Johnson का खोपहरूलाई स्वीकृति दिएको छ।

झन् थोरै उमेरका नानीहरूमा कोभिड-१९ का खोपहरूको सुरक्षा र प्रभावकारिता निर्धारण गर्नका लागि अध्ययनहरू भइरहेका छन्।

क्यानडामा हाल, अन्य खोपहरू लगाएकै समयमा कोभिड-१९ का खोपहरू लगाउनु हुँदैन। तैपनि, संयुक्त राज्य अमेरिकामा, कोभिड-१९ का खोपहरू र अन्य खोपहरू एकै दिनमा लगाउने लगायत, कोभिड-१९ का खोपहरू र अन्य खोपहरू समयको वास्ता नगरिकन लगाउन सकिन्छ । यो तपाईंको लागि पनि इङ्गित गरिएको छ कि छैन भन्ने विषयमा तपाईंले आफ्नो स्वास्थ्य स्याहार प्रदायकसँग छलफल गर्नु पर्छ ।

लगभग सबैजना सुरक्षित तरिकाले खोप लगाउन सक्षम हुने छन्, यद्यपि एकदम थोरै मानिसहरूलाई खोपका भागहरूले हुने गम्भीर एलर्जीहरूका कारण खोप नलगाउन आवश्यक पर्न सक्छ। कोभिड-१९ को जारी जोखिमको सन्दर्भमा धेरै व्यक्तिहरूलाई खोप लगाउन सकिन्छ। वास्तवमा, अन्तर्निहित स्वास्थ्य अवस्थाहरू भएका, चिकित्सकीय रूपमा अत्यन्तै असुरक्षित मानिसहरूलाई कोभिड-१९ को सङ्क्रमणबाट अधिक जटिलताहरू हुन सक्छन् अनि खोप उपलब्ध हुनासाथै उहाँहरूले त्यो लगाउनु पर्छ।

सामान्यतया, रोग (उदाहरण, दाद) बाट निको भइरहे तापनि तपाईंले कोभिड-१९ खोप लगाउन सुरक्षित हुन्छ तर तपाईंलाई आफ्ना नियमित क्रियाकलापहरू गर्नबाट रोक्ने नयाँ रोग लागेको छ भने, तपाईं निको नहुञ्जेल खोप लगाउन प्रतीक्षा गर्नुपर्छ। यसले खोपका सम्भावित साइड इफेक्टहरूलाई तपाईंको अन्य रोगलाई अझ खराब पार्नबाट छुट्याउन मद्दत गर्ने छ।‎ साथै, तपाईं सङ्क्रामक रोगबाट निको नहुञ्जेल प्रतीक्षा गर्नाले तपाईं आफ्नो खोपका लागि आउँदा अन्य व्यक्तिहरूलाई सङ्क्रमणको जोखिम पुर्‍याउनु हुन्न भन्ने कुरा सुनिश्चित गर्छ।

तपाईंलाई कोभिड-१९ का लक्षणहरू देखिरहेका छन् भने, तपाईं घरमै बस्नु पर्छ र परीक्षण गराउनु पर्छ।

लगभग सबैजना सुरक्षित तरिकाले खोप लगाउन सक्षम हुने छन्। कमजोर प्रतिरक्षा प्रणाली वा स्वत: प्रतिरक्षित रोग भएका मानिसहरूको लागि सुरक्षा बारे कुनै उल्लेखनीय चिन्ता छैन। कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूमा खोपले अपेक्षा गरिए अनुसारको काम गर्न नसक्ने सम्भावना हुन्छ। तपाईंसँग प्रश्नहरू भएमा, कमजोर प्रतिरक्षा प्रणाली वा स्वत: प्रतिरक्षित रोग भएमा आफ्नो स्वास्थ्य स्याहार प्रदायकसँग कोभिड-१९ का खोपहरूको बारेमा कुरा गर्नुहोस्।

महिनावारी एक जटिल प्रक्रिया हो र यो वातावरणीय परिवर्तन, तनाव, शयन र केही औषधिहरू जस्ता धेरै कुराहरूद्वारा प्रभावित हुन सक्छ। वास्तवमा पाठेघरको लाइनिङ (endometrium) लाई प्रतिरक्षा प्रणालीको एक सक्रिय भागको रूपमा मानिन्छ। तपाईंले खोप लगाएको वा बिरामी भएको कारण तपाईंको प्रतिरक्षा प्रणालीले कडा परिश्रम गरिरहेको बेला, तपाईंले इन्डोमेट्रियमले प्रतिक्रिया जनाउने विधिमा परिवर्तनहरू अनुभव गर्न सक्नुहुन्छ। यसै तरिकामा खोपले कुनै प्रकारमा महिनावारीमा प्रभाव पार्ने सम्भावना हुन्छ।

तर कुनै पनि समयमा मानिसको ठूलो समूहलाई हेर्दा, केही मानिसहरूले आफ्नो महिनावारी चक्रमा परिवर्तनहरू अनुभव गरिरहेका हुने छन् भन्ने कुरा तपाईंले भेट्नु हुन्छ। विश्वव्यापी रूपमा करोडौँ खोपहरू लगाउँदा केही मानिसहरूले आफ्नो महिनावारी चक्रमा पनि परिवर्तनहरू अनुभव गर्ने छन्। खोप सुरक्षित छ भन्ने कुरामा अनुसन्धानकर्ताहरू विश्वस्त छन् अनि महिनावारी चक्रमा हुने सम्भावित परिवर्तनहरूको सङ्केत दिने पर्याप्त तथ्याङ्क छैन ।

कोभिड-१९ खोप लगाएपछि छुटकारा मिल्दैन, त्यसकारण हालै खोप लगाएका व्यक्तिहरूको वरिपरि बसाइले कसैको चक्रलाई पनि प्रभाव पार्ने अपेक्षा गरिँदैन।

तपाईंले खोप लगाएपछि आफ्नो महिनावारी चक्रमा अनुभव गर्नु हुने कुनै पनि परिवर्तनहरू अस्थायी हुन्, त्यसैले यो खोप नलगाउनु पर्ने कुनै कारण छैन। तैपनि, चक्रहरूमा अन्य कारणवश पनि ढिलाइ हुन सक्ने भएकाले, सरोकारवाला महिलाहरूले आफ्नो चिकित्सकसँग कुरा गर्नु पर्छ।

क्यानडियन प्रसूति तथा स्त्रीरोग समाज (Canadian Society of Obstetrics and Gynecology) (SOGC), खोपसम्बन्धी राष्ट्रिय सल्लाहकार समिति (National Advisory Committee on Immunization) र क्यानाडाका जनस्वास्थ्य विशेषज्ञहरू सबैले गर्भवती वा स्तनपान गराइरहेकी महिलालाई प्राथमिकता दिनु पर्छ र उनीहरू त्यसका पात्र हुन् र उनीहरूमा कुनै विपरीत सङ्केत छैन भने, गर्भावस्था र स्तनपानको कुनै पनि समयावधिमा (कुनै पनि त्रैमासिक अवधिमा) खोप प्रस्ताव गरिनु पर्छ भनी सुझाव दिन्छन्। तपाईंसँग प्रश्नहरू छन् र तपाईं गर्भवती हुनुहुन्छ, हुने योजनामा हुनुहुन्छ वा स्तनपान गराउँदै हुनुहुन्छ भने, आफ्नो स्वास्थ्य स्याहार प्रदायकसँग कोभिड-१९ का खोपहरूका बारेमा कुरा गर्नुहोस्।

कोभिड-१९ को खोप लगायत, कुनै पनि खोपले महिला वा पुरुषको प्रजनन क्षमतामा प्रभाव पार्छ भन्ने कुनै प्रमाण छैन।

केही व्यक्तिहरूले कोभिड-१९ खोप लगाउनु नहुने केही कारणहरू छन्।

निम्नलिखित अवस्थामा तपाईंले खोप लगाउनु हुँदैन:

1. खोपहरूमा भएका कुनै पनि तत्वसँग गम्भीर एलर्जीहरू छन् : विरलै हुने तर गम्भीर एलर्जी (एनाफिलेक्सिस (anaphylaxis)) सँग सम्बन्धित mRNA का खोपहरूमा पाइने तत्व पोलिथिलिन ग्लाइकोल (polyethylene glycol) (PEG) हो, जुन केही कस्मेटिक, छालाको स्याहार गर्ने उत्पादन, रेचक, केही तयारी खाना तथा पेय पदार्थ र अन्य उत्पादनहरूमा फेला पार्न सकिन्छ। नोट: AstraZeneca को खोप र Johnson & Johnson का खोपहरूमा PEG छैन। विरलै तर गम्भीर एलर्जीसँग सम्बन्धित AstraZeneca र Johnson & Johnson मा पाइने तत्व पोलिसोरबेट 80 (Polysorbate 80) हो – यो चिकित्सा तयारी (उदाहरका लागि, भिटामिनको तेल, चक्की र क्यान्सर-विरुद्धका एजेन्टहरू) र कस्मेटिकहरूमा पनि पाइन्छ।

2. कोभिड-१९ को खोपको अघिल्लो खुराकमा वा खोपको कुनै पनि भागमा जीवन-जोखिममा पुग्ने खालको प्रतिक्रिया देखिएको भएमा।

तपाईंलाई एनाफिल्याक्टिक (anaphylactic) प्रतिक्रिया देखिएको तर त्यसको कारण थाहा नभएको अवस्थामा आफ्नो स्वास्थ्य स्याहार प्रदायकसँग कुरा गर्नुहोस्। खोपहरूमा गम्भीर, जीवन-जोखिममा पुग्ने खालका एलर्जिक प्रतिक्रियाहरू (एनाफिलेक्सिस (anaphylaxis)) अति विरल देखा पर्छन् – मानिसहरूले सोचेभन्दा पनि अति विरल। एनाफिलेक्सिसलाई धेरैजस्तो अवस्थामा रोकथाम गर्न सकिने छ र यो सबै अवस्थाहरूमा उपचार हुने खालको छ। क्यानडाका सबै प्रतिरक्षण खोप दिने स्वास्थ्य स्याहार प्रदायकहरू एनाफिलेक्सिस बारे प्रशिक्षित, सक्रियताका साथ एनाफिलेक्सिसको निरीक्षण गर्न र तत्कालै उपचार गर्न सक्छन्। विरलै, एलर्जी विशेषज्ञ र चिकित्सा स्वास्थ्य अधिकारीका सुझावहरूको आधारमा, कुनै व्यक्तिले अस्पतालको व्यवस्थामा नै खोप लगाउन सक्छ।

तपाईंलाई रक्सी सेवन गर्न वा रक्सी पिएर खोपको लागि निर्धारित समयमा भेट गर्न आउने सुझाव गरिँदैन। यो खोपसम्बन्धी सुरक्षाको सरोकार (मदिराले खोपमा बाधा पुर्‍याउँछ भने) को कारणले नभएर, स्वास्थ्य स्याहार प्रदायकलाई खोपहरू दिनुअघि तपाईंको सूचित सहमति आवश्यक हुने भएको कारणले हो। रक्सीले तपाईंको स्वास्थ्य जानकारी पूर्ण रूपमा बुझ्ने र प्रश्नहरू सोध्ने क्षमतालाई बिगार्न (कम गर्न) सक्छ।

रक्सीको उपयोग र कोभिड-१९ का खोपहरूको प्रभावकारिता बारे कुनै अध्ययन भएको छैन। रक्सी उपयोग विकार (AUD) सँग संघर्ष गर्नु परेका मानिसहरूको जोखिमपूर्ण (कमजोर) प्रतिरक्षा प्रणाली भएको हुन सक्छ र उनीहरूले आफ्नो स्वास्थ्य स्याहार प्रदायकसँग कुरा गर्नु पर्छ। रक्सीको मध्यम मात्राको उपयोगले खोपप्रति प्रतिरक्षाको प्रतिक्रियामा नकरात्मक प्रभाव पर्ने छ भनी हामीले अपेक्षा गर्नु हुँदैन भन्ने विशेषज्ञको विचार छ।

तपाईंले क्यानबिज सेवन गर्नु हुन्छ भने पनि कोभिड-१९ खोप लगाउन तपाईंका लागि सुरक्षित हुनुहुन्छ।

तैपनि, आफ्नो भेटको लागि निर्धारित समयमा आउँदा, नशा चडेर नआउन हामी तपाईंलाई सिफारिस गर्छौं। खोप सुरक्षाका बारेमा सरोकार (गाँजाले खोपको असरमा हस्तक्षेप गर्छ) को कारणले यसो भनिएको होइन, तर स्वास्थ्य स्याहार प्रदायकलाई खोप दिनअघि तपाईंको सूचित सहमति आवश्यक हुने भएका कारणले हो । गाँजाले तपाईंको स्वास्थ्य जानकारी पूर्ण रूपमा बुझ्ने र प्रश्नहरू सोध्ने क्षमतालाई बिगार्न (कम गर्न) सक्छ।

क्यानबिज सेवन र कोभिड-१९ खोपहरूका प्रभावका विषयमा कुनै अध्ययनहरू गरिएका छैनन्। क्यानबिज सेवनले व्यक्तिको श्वास-प्रश्वास प्रणाली र प्रतिरक्षा क्षमतामा नकारात्मक परिणामहरू निम्त्याउन सक्छ भन्ने कुरा दर्साउने नयाँ-नयाँ प्रमाण देखिइरहेका छन्, त्यस कारण तपाईं धुम्रपान गर्नु हुन्छ भने, आफूलाई सुरक्षित गर्नका लागि कोभिड-१९ खोप लगाउन अझ महत्त्वपूर्ण छ।