कोभिड-१९ का खोपहरूका ’boutमा

निम्नलिखित जानकारी यो वेबसाइटका लागि क्यानेडाली सरकार र अन्य वैज्ञानिक र चिकित्सा स्रोतहरूको उपयोग गरी चिकित्सा पेशेवर तथा सार्वजनिक स्वास्थ्यका विशेषज्ञहरूद्वारा विकास गरिएको हो। यस जानकारीको मनसाय चिकित्सा सल्लाह दिने होइन। कोभिड-१९ को खोपका सम्बन्धमा तपाईंसँग कुनै पनि प्रश्न भएमा सधैँ योग्य स्वास्थ्य स्याहार प्रदायकबाट सल्लाह लिनुहोस्।

कोभिड-१९ विरुद्धको खोपले कोभिड-१९ को कारणले बिरामी वा मृत्यु हुनबाट सुरक्षित राख्न मद्दत पुर्‍याउने छ। साथै, क्यानडामा कोभिड-१९ को फैलाव रोक्नका लागि, अधिकांश क्यानडा निवासीहरूले समुदायमा भाइरसको प्रसारण रोक्न खोप लगाउनु पर्ने हुन्छ।

कुनै व्यक्तिको मृत्यु कोभिड-१९ को कारणले नभएपनि, उनीहरूलाई स्मरण शक्ति गुम्ने, थकाई लाग्ने, श्वास- प्रश्वासका भित्री समस्याहरू र फोक्सो र मुटुको खराबी लगायत, दीर्घकालीन जटिलताहरू हुन सक्छ।

यदि पर्याप्त मानिसहरूमा प्रतिरोधक क्षमता भयो भने, भाइरस फैलने सम्भावना कम हुन्छ। यदि पर्याप्त मानिसहरूमा प्रतिरोधक क्षमता भयो भने, भाइरस फैलने सम्भावना कम हुन्छ। हामीले सामूहिक रोग प्रतिरोधक क्षमता हासिल गर्न र आफ्ना दैनिक जीवनमा फर्कन, व्यवसायहरू पुनः सुचारू गर्न, प्रियजनहरूलाई पुनः अंकमाल गर्न र भेटघाट गर्नका लागि कम्तीमा 75% जनसङ्ख्यालाई खोप लगाउनु पर्ने हुन्छ।

पर्दैन, कोभिड-१९ का सबै खोप निःशुल्क छन्।

जून महिनाको मध्यमा रोग-प्रतिरोधात्मक खोपसम्बन्धी राष्ट्रिय परामर्शदाता समिति [National Advisory Committee on Immunization (NACI)]-ले कोभिड-१९ खोपहरूका दोस्रो खुराकहरूको अदलाबदलीको सम्बन्धमा यसका सिफारिसहरूलाई अद्यावधिक बनायो। अब प्रथम खुराकको रूपमा एस्ट्राजेनेका (AstraZeneca) प्राप्त गर्ने व्यक्तिहरूको लागि दोस्रो खुराकको रूपमा mRNA खोपलाई प्राथमिकता दिइँदैछ, ’cause भिन्न प्रकारका खोपहरूलाई मिसाएर लगाउँदा तुलनात्मक रूपमा प्रतिरोधात्मक क्षमता बढी असल भएका प्रमाणहरू सामुन्ने आइरहेका छन्।

यदि तपाईंले आफ्नो प्रथम खुराकको रूपमा mRNA खोप [फाइजर बायोएनटेक (Pfizer BioNTech) वा मोडेर्ना (Moderna)] प्राप्त गर्नुभएको छ भने, तपाईंलाई दोस्रो खुराकको रूपमा पनि mRNA खोप लगाउनको लागि भनिनेछ। तपाईंले प्रथमपल्ट जुन खोप लगाउनुभयो, त्यही खोप दोस्रोपल्ट पनि लगाउने सिफारिस गरिन्छ, तर त्यो तत्काल उपलब्ध छैन वा यस’bout कुनै जानकारी छैन भनेचाहिँ कुनै अर्को प्रकारको mRNA खोप लगाउनु सही नै हुनेछ। यी दुवै समान रूपमा सुरक्षित र प्रभावकारी हुन्छन्।

यदि तपाईंले प्रथम खुराकको रूपमा एस्ट्राजेनेका (AstraZeneca) प्राप्त गर्नुभएको छ भने, तपाईंले दोस्रो खुराकको लागि पनि एस्ट्राजेनेका (AstraZeneca)-लाई नै रोज्न सक्नुहुन्छ, तर अहिले NACI-ले यो सिफारिस गरिरहेको छ कि तपाईंले आफ्नो दोस्रो खुराकको रूपमा mRNA खोप लगाउनुहोस्।

क्यानडामा उपयोगको लागि अनुमोदित सबै खोपहरूले अस्पतालमा भर्ना हुनुपर्ने सम्भावना तथा गम्भीर बिमारीलाई समान रूपमा साथै प्रभावकारी ढङ्गमा कम्ती पार्छन्, अनि कोभिड-१९-बाट हुने मृत्युको रोकथाम गर्नमा यी सबै लगभग 100% प्रभावकारी छन्।

महत्त्वपूर्ण बुँदा के छ भने, पूर्ण सुरक्षाको लागि खोपका दुइ खुराकहरू लगाउनु पर्छ अनि यसको लागि तपाईंले पर्खिरहन हुँदैन। भाइरसका नयाँ प्रकारहरू प्रकट भइरहेका छन् जसले गर्दा सम्बद्ध मामिलाहरू, अस्पतालमा भर्ना हुनेहरू साथै मृत्यु हुनेहरूको सङ्ख्यामा वृद्धि भइरहेछ, अनि यसलाई रोक्ने एकमात्र उपाय सबैले खोप लगाउनु हो।

हेल्थ क्यानडा (Health Canada) का अनुसार र खोप लगाएका हजारौँ व्यक्तिहरू समावेश गरिएका क्लिनिकल परीक्षणहरूका आधारमा:

Pfizer-BioNTech दुई खुराक लगाएपछि 95% प्रभावकारी देखियो

स्रोत: https://www.canada.ca/en/health-canada/services/drugs-health-products/covid19-industry/drugs-vaccines-treatments/vaccines/pfizer-biontech.html

Moderna दुई खुराक लगाएपछि 94% प्रभावकारी देखियो

स्रोत: https://www.canada.ca/en/health-canada/services/drugs-health-products/covid19-industry/drugs-vaccines-treatments/vaccines/moderna.html

AstraZeneca दुई खुराक लगाएपछि 62% प्रभावकारी देखियो (उत्तर/दक्षिण अमेरिकाका अध्ययनहरूमा 79% प्रभावकारी देखियो)
वास्तविक विश्वको तथ्याङ्कले AZ अस्पताल भर्ना हुनबाट रोक्नका लागि 80-90% प्रभावकारी छ भन्ने देखाउँछ।

स्रोत: https://www.canada.ca/en/health-canada/services/drugs-health-products/covid19-industry/drugs-vaccines-treatments/vaccines/astrazeneca.html

Johnson & Johnson एउटा खोप लगाएपछि 66% प्रभावकारी हुन्छ र वास्तविक समय तथ्याङ्कले यो गम्भीर बिमारी र अस्पताल भर्ना रोकथाम > 90% भन्दा बढी प्रभावकारी रहेको देखाउँछ।

स्रोत: https://www.canada.ca/en/health-canada/services/drugs-health-products/covid19-industry/drugs-vaccines-treatments/vaccines/janssen.html

सबै चार वटा खोप कोभिड-१९ बाट गम्भीर बिरामी हुने, अस्पताल भर्ना हुने र मृत्यु हुने स्थितिको रोकथाम गर्नमा निकै प्रभावकारी छन्।

त्यो कुरा खोप र भेरिएन्टहरूबीच फरक-फरक हुन्छ।

हरेक कोभिड-१९ को खोपले हाल क्यानडामा फैलिरहेका कुनै पनि भेरिएन्टबाट हुने गम्भीर बिमारी/मृत्युलाई रोकथाम गर्ने छ।

केही भेरिएन्टहरूका विरुद्ध खोपहरूले न्यून प्रभावकारिता देखाइ रहेका भएपनि, उत्पादकहरूले यी नयाँ भेरिएन्टहरूका विरुद्ध राम्रोसँग काम गर्न आफ्ना खोपहरूका नयाँ संस्करणहरू सिर्जना गर्दै छन्, ताकि तपाईंले भविष्यमा सम्भावित रूपमा प्रवर्धक खुराकहरू प्राप्त गर्न सक्नुहुन्छ, जुन आगामी महिना र वर्षहरूमा प्रभावकारी हुने छन्।

Pfizer-BioNTech, ModernaAstraZeneca का दुई खुराक आवश्यक हुन्छ, ’cause पहिलो खुराकले तपाईंको शरीरको प्रतिरक्षा प्रतिक्रिया “तयार पार्छ”: तपाईंको शरीरले कोभिड-१९ सँग लड्नको लागि एन्टिबडीहरू बनाउन सिक्छ। दोस्रो खुराकले बलियो र दीर्घकालीन प्रतिरोधक क्षमताका लागि यसलाई “बढाउँछ”। पूर्ण प्रतिरोधक क्षमता प्रदान गर्नका लागि दुवै खुराक आवश्यक हुन्छन्।

Johnson & Johnson को परीक्षण गरिएको थियो र मानिसहरूलाई एउटा खुराकमै सुरक्षित गर्ने र प्रतिरोधक क्षमता उपलब्ध गराउने देखिएको थियो।

Pfizer-BioNTech र Moderna: mRNA का खोपहरू।

कोभिड-१९ लाई काँटादार प्रोटिन बनाउने mRNA को सानो अंश तपाईंका कोशिकाहरूमा प्रवेश गर्छ अनि तपाईंको शरीरलाई कोभिड-१९ भाइरसको विरुद्ध एन्टिबडीहरू बनाउन सिकाउँछ। त्यसपछि, शरीरलाई भाइरस विरुद्ध लड्न सिकाएर, mRNA केही घण्टामा नष्ट हुन्छ।

Astra Zeneca र J&J: भाइरल भेक्टर खोपहरू

यी खोपहरूमा कमजोर बनाइएको एक हानिरहित भाइरस (जस्तै रुघाको भाइरस) र त्यसछि कोभिड-१९ भाइरसको काँटादार प्रोटिनको अंश थपेर परिमार्जन उपयोग हुन्छ। उपरोक्त mRNA खोपहरूमा जस्तै एक प्रक्रियाले हाम्रो शरीरलाई एन्टिबडीहरू बनाउने र अन्य प्रतिरक्षा कोशिकाहरूलाई सक्रिय गर्ने कार्य आरम्भ गराउँछ ।

तीमध्ये कुनै पनि प्रक्रियाले तपाईंको DNA सँग अन्तरक्रिया गर्दैन वा तपाईंको DNA लाई परिवर्तन गर्दैन।

कुनै पनि खोपमा जीवित कोभिड-१९ भाइरस छैन।

सबै खोपहरूका यी जस्ता एउटै खाले साइड इफेक्टहरू हुन्छन् : सुई लगाइएको स्थानमा दुख्ने, थकाइ लाग्ने, ज्वरो आउने वा फ्लु जस्ता लक्षणहरू देखा पर्ने, टाउको दुख्ने, मध्यम तरिकाले मांसपेशी/जोर्नी दुख्ने।

हेल्थ क्यानडा (Health Canada) ले Pfizer- BioNTech, Moderna, AstraZeneca र Janssen (Johnson & Johnson) कोभिड-१९ का खोपहरूलाई क्यानडामा उपयोग गर्नका लागि स्वीकृति दिएको छ।

पार्दैन। कोभिड-१९ खोप लगायत, कुनै पनि खोप जीवित खोप नभएकाले, यिनीहरू लगाउँदा कोभिड-१९ परीक्षणका नतिजाहरूमा प्रभाव पर्ने छैन।