तपाईंले खोप लगाउनुअघि

निम्नलिखित जानकारी यो वेबसाइटका लागि क्यानेडाली सरकार र अन्य वैज्ञानिक र चिकित्सा स्रोतहरूको उपयोग गरी चिकित्सा पेशेवर तथा सार्वजनिक स्वास्थ्यका विशेषज्ञहरूद्वारा विकास गरिएको हो। यस जानकारीको मनसाय चिकित्सा सल्लाह दिने होइन। कोभिड-१९ को खोपका सम्बन्धमा तपाईंसँग कुनै पनि प्रश्न भएमा सधैँ योग्य स्वास्थ्य स्याहार प्रदायकबाट सल्लाह लिनुहोस्।

हो, पहिले कोभिड-१९-ले ग्रस्त हुने व्यक्तिहरूले पनि खोपका दुवै खुराकहरू लगाउनु अनिवार्य छ। विशेषज्ञहरूलाई अहिले पनि यो ज्ञात भएको छैन कि कोभिड-१९ रोगबाट निको भएपछि पुनः बिमार हुनुबाट तपाईं कति समयसम्म बाँच्न सक्नुहुन्छ। खोपले एन्टिबडि (प्रतिरक्षी) उत्पन्न गरेर तपाईंलाई सुरक्षित राख्नमा मद्दत पुर्याउँछ अनि तपाईंले कुनै बिमारीको अनुभव गर्नुहुने छैन।

यदि तपाईं हालसालै कोभिड-१९-ले ग्रस्त हुनुभएको थियो भने, खोप लगाउनभन्दा पहिले तपाईं यसबाट निको भइसकेको साथै तपाईंले सेल्फ-आइसोलेशन (आफू अलग्गै बस्नु)-को अवधिलाई पूरा गरिसकेको हुनुपर्छ।

यदि तपाईंले आफ्नो प्रथम खुराकको रूपमा mRNA खोप [फाइजर बायोएनटेक (Pfizer BioNTech) वा मोडेर्ना (Moderna)] प्राप्त गर्नुभएको छ भने, तपाईंलाई दोस्रो खुराकको रूपमा पनि mRNA खोप लगाउनको लागि भनिनेछ। तपाईंले प्रथमपल्ट जुन खोप लगाउनुभयो, त्यही खोप दोस्रोपल्ट पनि लगाउने सिफारिस गरिन्छ, तर त्यो तत्काल उपलब्ध छैन वा यसबारे कुनै जानकारी छैन भनेचाहिँ कुनै अर्को प्रकारको mRNA खोप लगाउनु सही नै हुनेछ। यी दुवै समान रूपमा सुरक्षित र प्रभावकारी हुन्छन्।

यदि तपाईंले प्रथम खुराकको रूपमा एस्ट्राजेनेका (AstraZeneca) प्राप्त गर्नुभएको छ भने, तपाईंले दोस्रो खुराकको लागि पनि एस्ट्राजेनेका (AstraZeneca)-लाई नै रोज्न सक्नुहुन्छ, तर अहिले NACI-ले यो सिफारिस गरिरहेको छ कि तपाईंले आफ्नो दोस्रो खुराकको रूपमा mRNA खोप लगाउनुहोस्।

क्यानडामा उपयोगको लागि अनुमोदित सबै खोपहरूले अस्पतालमा भर्ना हुनुपर्ने सम्भावना तथा गम्भीर बिमारीलाई समान रूपमा साथै प्रभावकारी ढङ्गमा कम्ती पार्छन्, अनि कोभिड-१९-बाट हुने मृत्युको रोकथाम गर्नमा यी सबै लगभग 100% प्रभावकारी छन्।

महत्त्वपूर्ण बुँदा के छ भने, पूर्ण सुरक्षाको लागि खोपका दुइ खुराकहरू लगाउनु पर्छ अनि यसको लागि तपाईंले पर्खिरहन हुँदैन। भाइरसका नयाँ प्रकारहरू प्रकट भइरहेका छन् जसले गर्दा सम्बद्ध मामिलाहरू, अस्पतालमा भर्ना हुनेहरू साथै मृत्यु हुनेहरूको सङ्ख्यामा वृद्धि भइरहेछ, अनि यसलाई रोक्ने एकमात्र उपाय सबैले खोप लगाउनु हो।

खोप लगाएका सबै जनाले अझै पनि सार्वजनिक स्वास्थ्यका मार्गदर्शन पालना गर्नु पर्छ। तपाईंले खोप लगाएपछि पनि, आफ्ना हात धुने, सुरक्षित भौतिक दूरी कायम राख्ने, मास्क लगाउने र बिरामी हुँदा घरमा बस्ने जस्ता रोकथामका उपायहरू निरन्तर अपनाउनु अत्यन्तै महत्त्वपूर्ण हुने छ। यसो गर्नु महत्त्वपूर्ण हुने धेरै कारणहरू छन्:
तपाईंका शरीरले कोभिड-१९ खोपबाट सुरक्षा प्राप्त गर्न न्यूनतम दुई हप्ता लाग्छ। यसको अर्थ, यदि तपाईं खोप लगाउनुअघि वा खोप लगाएको दुई हप्ताभित्र कोभिड-१९ को सम्पर्कमा आउनु भयो भने, तपाईं अझै पनि कोभिड-१९ बाट बिरामी हुन सक्नुहुन्छ । त्यसैले यदि तपाईंले खोप लगाएपछि कोभिड-१९ का लक्षणहरू अनुभव गर्नु भयो भने परीक्षण गराउनुहोस्।
खोपले सबैजनालाई कोभिड-१९ हुनबाट रोक्ने छैन। खोप लगाएर भाइरस भएका व्यक्तिहरू गम्भीर बिमारी भएको अनुभव गर्ने अति कम सम्भावना हुन्छ।
उपलब्ध खोपहरू उच्च प्रभावकारी छन्, तर तपाईं यसको प्रतिरक्षा नभएका मानिसहरूको थोरै सङ्ख्याभित्र पर्न सक्नुहुन्छ। तपाईं निकट सामिप्यता भएका मानिसहरूसँग अन्तरक्रिया गर्नु हुन्छ वा सार्वजनिक स्वास्थ्य उपायहरू पालना गर्नु हुन्न भने, तपाईं अझै पनि कोभिड-१९ फैलाउन सक्नुहुन्छ।

होइन, कोभिड-१९ खोप लगाउने काम पूर्ण रूपमा स्वैच्छिक छ। कोभिड-१९ खोप लगाउने वा नलगाउने भन्ने तपाईंको रोजाइ हो।

अध्यागमनको स्थितिलाई ध्यान नदिइकन क्यानडाका सबै निवासीहरू कोभिड-१९ खोपहरूका लागि योग्य छन्। तपाईंसँग वैध PHN हुनु आवश्यक छैन। हाल 18 वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरू मात्र Moderna, AstraZeneca र Johnson & Johnson खोपहरू लगाउन योग्य हुनुहुन्छ। 12 वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरू Pfizer-BioNTech खोप लगाउन योग्य हुनुहुन्छ।