खोप लगाउने समयमा

निम्नलिखित जानकारी यो वेबसाइटका लागि क्यानेडाली सरकार र अन्य वैज्ञानिक र चिकित्सा स्रोतहरूको उपयोग गरी चिकित्सा पेशेवर तथा सार्वजनिक स्वास्थ्यका विशेषज्ञहरूद्वारा विकास गरिएको हो। यस जानकारीको मनसाय चिकित्सा सल्लाह दिने होइन। कोभिड-१९ को खोपका सम्बन्धमा तपाईंसँग कुनै पनि प्रश्न भएमा सधैँ योग्य स्वास्थ्य स्याहार प्रदायकबाट सल्लाह लिनुहोस्।

तपाईंको खोपको रेकर्ड प्रान्तीय वा प्रादेशिक स्वास्थ्य अधिकारीद्वारा भण्डारण गरिने छ। सामान्यतया, तपाईंलाई पनि आफ्नो कोभिड-१९ को खोपको रेकर्डको कागज र/वा विद्युतीय प्रतिलिपि उपलब्ध गराइने छ। तपाईंलाई कस्तो कागजात उपलब्ध गराइने छ भन्ने बारेमा बुझ्नका लागि कृपया आफ्नो स्थानीय स्वास्थ्य अधिकारी वा खोप केन्द्रमा सोध्नुहोस्।

सक्नुहुन्छ, यदि तपाईंलाई खोप लगाउने प्रक्रियामा सजिलोका लागि कसैको सहायता आवश्यक छ वा तपाईंलाई सहायता वा दोभाषे आवश्यक छ भने तपाईं आफूसँग एक जना व्यक्ति ल्याउन सक्नुहुन्छ।

तपाईंले आफूसँग आफ्नो अपोइन्टमेन्टका पुष्टिकरणको प्रिन्ट गरिएको वा विद्युतीय प्रतिलिपि ल्याउनु पर्ने हुन्छ। तपाईंसँग भएमा आफ्नो स्वास्थ्य कार्ड पनि ल्याउनु पर्ने हुन्छ।